Tuesday, January 21, 2025

नुनथरमा भक्तजनको भिड

पछिल्लाे समाचार

रौतहट १८,साउन रौतहटको उत्तरीपूर्वी भेगमा रहेको धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थल नुनथरमा साउन लागे पछि भिड लाग्न लागेको छ l

प्रदेश नम्बर २ का चन्द्रपुर नगरपालिका वडा नम्बर १ रहेको नुनथर निकै चर्चित धार्मिक पर्यटक स्थलको रुपमा परिचित रहेको छ ।कोरोना कहर र लकडाउनका कारण सुनसान बनेको नुनथरमा आज तेस्रो सोमबार परेको भारी बर्षाका बाबजुद समेत धार्मीक पर्यटकको सोमबार बोलबम व्रतालु हरुको भिड भाड लागेको थियो ।

साउन लागेपछि नुनथरमा धार्मी पर्यटकको निकै चहल पहल बढेको छ । सो धार्मिक स्थल नुनथर बागमती नदी छेउमा अवस्थित रहेको हुनाले हिन्दु भक्तजनहरुले बागमती नदिबाट पवित्र जल भरेर नुनथर महादेवको पुजा गरि सो पवित्र जल बोकी बारा जिल्लाको काटघाट महादेव मन्दिर, सर्लाहीको टुटेश्वर महादेव तथा रौतहटकै अर्को धार्मिक स्थल शिवनगरसम्म पुगेर पुजा गर्ने प्रचलन रहेको छ ।

पवित्र श्रावण महिनामा हजारौको संख्यामा भक्तालुहरु नुनथर महादेवको दर्शन गर्न आउने गरेका छन् । धेरै अगाडि यस क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकोले गाइवस्तुहरु यस क्षेत्रमा चर्न आउँदा बाग्मतिको पानी पिइसकेपछि यहाको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम नुनथर रहन गएको नुनथर क्षेत्र विकास समितिका सदस्य समिर कार्कीले जानकारी दिए ।

सो क्षेत्रमा अन्य दिनहरुमा भन्दा शनिबारको दिन पर्यटकहरुको व्यापक घुइचो हुने गरेको छ । हिजोआज शनिबारको दिन पिकनिक खान र घुम्न रौतहट जिल्लाका मात्र नभएर छिमेकी जिल्ला बारा, पर्सा, मकवानपुर, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली जिल्लाहरुका मानिसहरु पनि आउने गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु