Wednesday, January 22, 2025

गौर अस्पताल सुधारको माग

पछिल्लाे समाचार

रौतहट ,२७ साउन //
जनमत पार्टीको भातृ संगठन युवा जनमत संघ रौतहटले गौर अस्पताल सुधारको माग गरेको छ ।
सो संगठनका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानू को प्रमुख सहभागितामा, जनमत पार्टी रौतहटको निवर्तमान जिल्ला ईन्चार्ज बिनय कुमार वर्मा, जिल्ला सचिव बिकास कुमार यादव , भातृ संगठन युवा जनमत संघ जिल्ला परिचालन समिति जिल्ला संयोजक ज्वाला रणवीर (बिबेक)को नेतृत्वमा नेता कार्यकर्ता सहितले गौर स्थित पार्टी कार्यालय बाट जिल्ला अस्पतालको सुधारको माग सहित नाराबाजी गर्दै र्याली निकालेका छन ।
जिल्ला अस्पताल गौरलाइ एक महिनाको समयावधिमा सुधारको लागि दिएको११ बुँदे माग हरु:

१. उपचारमा हुने गरेको चरम लापरवाही रोकिनुपर्ने ।
२. चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको गैर जिम्मेवारीपुर्ण रवैया बन्द हुनुपर्छ ।
३. कमिसन अथवा कुनै लोभमा बाहिरका अस्पतालहरूमा रिफर गर्ने प्रवृत्ति रोकिनुपर्ने ।
४. अस्पतालको नाम वा अस्पतालको साधन स्रोतहरूको दुरुपयोग बन्द हुनुपुर्ने ।
५. कर्मचारीहरु अनिवार्य डिउटीमा उपस्थित हुनु पर्ने ।
६. सर्प दंस र एन्टिरेवीजको भ्याक्सिन हरु अनिवार्य उपलब्ध हुन पर्ने ।
७. बल्ड बैंक संचालन हुनु पर्ने
८. आवश्यक दरवन्दी पुरा हुनु पर्ने ।
९. अस्पतालको सरसफाई, चर्पीको सरसफाई र शुद्ध खानेपानीको व्यवस्थापन हुनुपर्ने ।
१०. अप्रेसन थिएटरमा विशेषज्ञ चिकित्सक सहित सेवा सुचारु हुनुपर्ने ।
११. ओ.पि.डी. तथा इमरजेन्सी वार्डमा नियमित चिकित्सकको व्यवस्थापन हुनु पर्ने ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु