Wednesday, January 22, 2025

केन्द्रीय कार्यालय सानेपामा रिले अनसन

पछिल्लाे समाचार

काठमाडौं, १८ साउन // नेपाली काँग्रेसको क्रियाशिल सदस्यता वितरण प्रणालीमा गैर काँग्रेसीलाई दिएको भन्दै रौतहट काँग्रेसी नेता एवं कार्यकर्ताहरु विगत १० दिन देखि केन्द्रीय कार्यालय सानेपामा २४ औं घण्टा रिले अनसनमा बसेका छन् ।
२४ औं घण्टा रिले अनसनमा बसेकाहरुले क्रियाशिल सदस्यता सम्बन्धी छानविन गर्न गठित समितिले उक्त निर्मायको पुनर्विचार गर्नुपर्ने माग राख्दै रिले अनसनमा बसेका हुन् । रौतहट संसदीय क्षेत्र नम्वर १ का महाधिवेशन समिति सदस्य, महासमिति सदस्य सहितका नेता एवं कार्यकर्ताहरु अनवरत रुपमा रिले अनसनलाई जारी राखेका छन् ।
क्षेत्र नम्वर १ को ४१ वडामध्ये ३१ वडामा पुराना एवं कार्यकर्ताहरलाई क्रियाशिल फारम नदिई जिल्ला अध्यक्ष कृष्णा प्रसाद यादवले आफू निकटका व्यक्तिहरुलाई विधी सम्मत प्रक्रिया मिचेर गैर काँग्रेसीलाई क्रियाशिल सदस्यता वितरण गरिएको गम्भीर आरोप महासमिति सदस्य एवं दुर्गा भगवती गाउँपालिका निवासी श्यामचन्द्र झाले लगाए ।

बर्षौ बर्ष देखि काँग्रेसमा रहेर सर्वस्य गुमाएका पुराना कार्यकर्ताहरुको नविकरण समेत नगरी अनावश्यक रुप्मा पार्टीमै नहरेका गैर काँग्रेसीहरुलाई क्रियाशिल बनाउदा पार्टीलाई ठूलो क्षति हुने भएको देखेर अध्यक्ष यादवको तानाशाही प्रवृतिका विरुद्ध हामीहरु बाँध्य भई केन्द्रीय कार्यालयमा रिले अनसनमा बस्नु परेको गुनासो उनले गरे ।
“महासमिति सदस्य झाका अनुसार नेपाली काँग्रेसको विधानमा क्रियाशिल सदस्यताका लागि सम्बन्धित वडा÷गाउँ÷नगर÷प्रदेश सभा क्षेत्र÷संघीय क्षेत्रको कार्य समितिबाट निर्णय गरेर सिफारिश गरी पठाउनुपर्ने प्रावधान रहेतापनि जिल्ला अध्यक्ष यादवले उक्त प्रक्रिया मिचेर आफू पायक परेका व्यक्तिहरुको नाममा क्रियाशिल फारम भरेर केन्द्रमा पठाउदा त्यसलाई नै सदर गरेको गैर प्रजातान्त्रिक कार्यका विरुद्ध म लागयत २२ जना नेता एवं कार्यकर्ताहरु रिले अनसनमा विगत १० दिन देखि बसेका छौं ।”

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु