Wednesday, January 22, 2025

किन पारीत भएन रौतहटका आधा दर्जन स्थानिय तहको बजेट

पछिल्लाे समाचार

रौतहट १९ साउन //
रौतहटको आधा दर्जन नगरपालिकाको बजेट पारित हुन नसक्दा योजना , बजेट तथा कार्यक्रम प्रभाबित भएको छ ।
तोकिएको समयमा तीन नगरपालिकाले बजेट ल्याउन सकेन भने पेश भएर पनि नगरपालिकाको बजेट पारित हुन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
रौतहटको गरुडा नगरपालिका, वृन्दावन नगरपालिका र देवाही–गोनाही नगरपालिकाले तोकिएको समयमा बजेट ल्याउन सकेनन भने ईशनाथ, फतुवाविजयपुर र बौधीमाई नगरपालिकामा पेश भए पनि बजेट पारित गर्न नसकेको हो ।
चालु आर्थिक वर्ष २०७८÷७९ को लागि स्थानीय तहले बजेट ल्याउनु पर्ने प्राबधान छ ।
अघिल्लो आवको असाढ १० गते नगरसभा गरिसक्नु पर्ने संबैधानिक ब्यबस्था रहेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले असार १० गते भित्र बजेट ल्याउनुपर्ने र साउन अगावै पास गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु