Thursday, January 23, 2025

अरुणबस्ती नजिकै व्यापक जंगल फडानी

पछिल्लाे समाचार


बसन्त लामा/
रौतहट,३ भदौ//

चन्द्रपुर नगरपालिका वडा नम्बर ३ अरुणबस्ती नजिकै व्यापक रुपले जंगल फडानी भईरहेको छ ।
केहि दिन एता अरुणबस्तीको आसपासमा रास्ट्रिय वन र चरीचरण अतिक्रमण को चपेटामा परेको हो।
फडानी गरि ट्याक्टर समेत लगाई सकेको स्थल अरुणवस्ती नजिकै बाट धनसार खोला सम्म नया फडानी गरिएको पाइएको छ।
जिल्ला वन कार्यालयले नियमित गस्ती नगर्दा सो भेगमा अत्याधिक रुपमा जंगल फडानी हुनुको साथै बर्षेनी खेति योग्यजमिन चरीचरणमा परिणत हुने गरेको छ |
रास्ट्रिय वनमा चरीचरण मात्र नभई केहि दिन एता काठ तस्करी भईरहेको रहश्य खुलेको छ ।
विशेष स्रोतका अनुसार काठ तस्करी संग वनकै केहि कर्मचारीको समेत मिलोमतो रहेको छ ।
कोरोना भाइरसको प्रकोप बढेसंगै चन्द्रपुरको उतरी भेगमा रास्ट्रिय जंगल सखाप हुने अवस्थामापुगेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु