Wednesday, January 15, 2025

पद सकिन लाग्दा पनि मेयर उपमेयर बिच बिवादै बिवाद

पछिल्लाे समाचार

रौतहट २४ साउन // कार्यकाल सकिने बर्ष लाग्दा पनि रौतहटको केही पालिकाहरुमा मेयर उपमेयर बिवाद उस्तै छ ।
एउटै पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरु बिच समेत बिवाद छ ।
जनप्रतिनिधि निर्वाचित भएको चार वर्ष बितिसकेको छ । जिल्लाका १८ वटा पालिकामध्ये अधिकांशमा मेयर उपमेयर बीच पदवहाली देखि नै विवाद रहदै आएको छ ।
यमुनामाइ गाउपालिका को अध्यक्ष श्रीप्रकाश मुखिया र गितादेवी बिच पनि शुरु देखि नै बिवाद छ ।
राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र सिंह र उपमेयर अंशु सिंह बिच बिवाद छ ।
उपमेयरलाइ सम्बन्धित कार्यपालिकाको न्यायिक समिति, योजना अनुगमन मूल्यांकन समिति, बजेट परामर्श समिति, विकास बजेट सिलिङ गर्ने समिति संयोजकलगायतका महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ ।
मेयर र उपमेयर बीच मनमुटाव, बोलचाल बन्द सम्मका घटना हुदै आएको छ ।
देबाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल उपमेयर परनिया देवी बीच पनि लामो समयदेखि कुरा मिलेको छैन ।
बितेको चार वर्ष तनावमै समय बितेको मेयर पटेल बताउछन ।
गरुडा नगरपालिकाका मेयर इन्दुराय र उपमेयर रंगीलादेवी जयसवाल बीच पनि बोलचाल छैन । फतुवा–विजयपुरका मेयर गोपालराय यादव र उपमेयर कान्ति देवीबीच लामो समयसम्म मनमुटाव रहदै आएको छ ।
कटहरिया नगरपालिका मेयर सियाराम कुशवाहा र उपमेयर नुरजाहाँ खातुनबीच पनि विवाद छ ।

अघिल्लो वर्ष विजयपुर र गरुडा नगरपालिकाका उपमेयरले मेयर विरुद्ध उच्च अदालतमा मुद्दा नै हालेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु