Thursday, January 23, 2025

दल बिभाजन पछि प्रदेश २ सभामा कुन दलमा कति सदस्य

पछिल्लाे समाचार

जनकपुर ६ भदौ । प्रदेश २ को प्रदेशसभामा राजनीतिक दलको संख्या ७ वटा हुने भएको छ ।
जसपा नेपालबाट महन्थ ठाकुर समूह र एमालेबाट माधवकुमार नेपाल समूह अलग भएर नया दल दर्ताका लागि दिएको निवेदन निर्वाचन आयोगमा सदर भए प्रदेशसभामा २ वटा दल थपिदै छन ।
प्रदेशसभामा जसपा, एमाले, कांग्रेस, माओवादी केन्द्र र नेपाल संघीय समाजवादी पार्टी छन् ।
तत्कालीन संघीय समाजवादीका २९ र राजपा नेपाल का २५ गरी जसपाका ५४ सांसदमध्ये यादव समूहमा ३४ जना र ठाकुर समूहमा २० जना खुलेका छन ।

प्रदेश २ सभामा एमालेका २१ सांसद रहेको छन ।
एमाले संस्थापनतर्फ ८ मात्रै सांसद छन् । नेपालले प्रस्ताव गरेको दल नेकपा (एकीकृत समाजवादी) तर्फ १३ सांसद खुलेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु