Wednesday, January 15, 2025

चन्द्रनिगाहपुरमै खानेपानी अपुग

पछिल्लाे समाचार

मुकेश कुमार साह, रौतहट ३ भदौ । सहरीकरण बढे संगै रौतहटको चन्द्रनिगाहपुरमा खानेपानीको समस्या पनि बढ्न थालेको छ । खेतियोग्य जमिन समेत पल्टिंग गरेर घरेडी हुँदा जनघनत्व बढेपछि सवै ठाउमा खानेपानी को पहुच पुग्न सकेको छैन । साविकको नमुना गाविस चन्द्रनिगाहपुरकै बासिन्दाले ट्युवेलको पानि खान बाध्य छन् । ट्युवेलको पानि पिउदा झाडापखाला,रुघा-खोकी जस्ता रोगको सिकार हुनु परेको छ। कलको पानीमा बालुवा आउने ,राखेको एक घण्टा नबित्दै रातो हुने , कलमा सधै पानी नआउने ,बर्खायाममा हिलो मिसिएको पानि आउने ,गर्मीयाममा अधिकास कल सुक्ने जस्ता समस्या भएको चन्द्रपुर ६ चिम्निटोल लक्ष्मी श्रेष्ठले गुनासो पोखिन।
स्मार्ट सिटी बन्दै गरेको सशरमा बसेर पनि आफुहरु ट्युवेलकोकै धमिलो पानि खान बाध्य भएको अर्का स्थानीय बासिन्दा प्रविन श्रेष्ठको भनाई छ ।
गाउँमा वषौंदेखि खानेपानीको समस्या हुँदा पनि सम्बिन्धि निकायले कुनै वास्ता नगरेको प्रति स्थानीयहरु दुखेसो पोख्छन । गर्मीयाममा अधिकास कल सुक्ने भएको हुँदा गाउँ बस्तुभाउलाई पानी खुवाउन समेत समस्या हुने गरेको वडा न ६ का अर्का बासिन्दा सुर्ज माया परियारको दुखेसो छ ।
कोरोना संक्रमणको खतरा रहेको बेला शुद्ध पानी खान नपाउँदा अरु नै रोग लाग्ला भन्ने चिन्ताले सधै सताई रहेको परियारले दुखेसो पोखे ।
चन्द्रपुर नपा वडा नम्वर ६ चिम्निटोलमा खानेपानीको पाइप समेत अहिले सम्म पुग्न सकेको छैन । यता चन्द्रपुर ६ का अध्यक्ष खडक बहादुर कुश्वारले आफ्नो वडाले को झन्झन् टोलमा ओछ्याईएको पाईप सानो साइज भएको कारण त्यस एरियामा डावरी चौक भएर पानि ल्याउने पक्रिया भईरहेको उनले बताए ।
बाकि ठाउमा चाडै पाईप ओछयाउने र वडावासीलाई यसै वर्ष देखि नै शुद्ध खानेपानी पिउने व्यवस्था मिलाऊने उनले आश्वासन दिए ।
अहिले चन्द्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा २४ सय भन्दा बढी उपभोक्ताको दर्ता रहेको छ । त्यसमध्य २१ सय को घरमा मात्र पानी पुग्ने गरेको छ । बाकि ३ सय बढी उपभोक्ताको घरमा धारा मात्र जडान रहेको छ ।
एउटा मात्र ट्यांकी भएको कारण दर्ता भएको उपभोक्ताको घरमा समेत पानी पुर्याउन नसकेको चन्द्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अध्यक्ष दिपक धितालले बताए ।
बस्ति बाक्लिएपछी सवै ठाउँमा खानेपानी बितरण गर्न कठिनाई भईरहेको उनको भनाई छ । तर दर्ता भएको उपभोक्ताको घर घरमा पानी पुर्याउन आफुहरु लागि परेको उनले जनाए ।
‘चन्द्रपुर ४ कप्तान टोलमा रहेको अर्को खानेपानी ट्यांकी संचालनमा ल्याउन पहल भईरहेको छ,उनले भने ‘ दशैँ अगाडी सम्म पहिला दर्तामा रहेको उपभोक्ताको घरमा पानि पुर्याउने लक्ष्यको साथ काम हुँदैछ ।’
माथिल्लो ट्यांकी संचालनमा ल्याउन बिधुतको ट्रान्समिटर मर्मत गरेर ल्याईसकिएको छ ।
बिधुत मिटरको लागी पैसा जम्मा गरिसकेको चन्द्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव राम बहादुर घलानले बताए ।
‘ बिधुत कार्यलयले जति चाडो मिटर जडान गरिदिन्छ, त्यति नै छिटो ट्यांकी संचालनमा आउने ‘उनले भने ‘ ट्यांकी संचालनमा पानीको क्षमता अनुसार अरु ठाउमा बितरण गरिने काम हुनेछ ।’
अवको केहि समय पछि मात्र उपभोक्ता को घरमा खानेपानी पुग्ने भएकोले उपभोक्ताहरुलाई नअतालिन सचिव घलानले अनुरोध गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु