रौतहट,२७ जेष्ठ //
रौतहटको ५ वटा नगरपालिका लाइ एक संस्थाले ४५ लाख रुपैंयाको चेक प्रदान गरिएको छ। जिल्लाको चन्द्रपुर, गढीमाइ, गरुडा, बृन्दावन र गुजरा नगरपालिकालाई हेफर इन्टरनेशनल सोडेक नेपाल नामक संस्थाले सहयोग गरेको हो।सोडेक नेपालकी कार्यक्रम संयोजक निर्मला सुबेदीका अनुसार चन्द्रपुर नगरपालिकालाई १५ लाख, गुजरा नगरपालिकालाई ५ लाख र बृन्दावन नगरपालिकालाइ ५ लाख गरी २५ लाखको चेक हस्तान्तरण गरिएको हो। यस्तै हेफर इन्टरनेशनल सोडेक नेपालकै सहयोगमा जनकल्याण युवा समितिले पनि गडीमाइ नगरपालिका र गरुडा नगरपालिकालाइ नगद सहयोग गरेको छ । गडीमाइ नगरपालिकालाइ १५ लाख र गरुडा नगरपालिकालाइ ५ लाख सहयोग गरेको जनकल्याण युवा समितिका अध्यक्ष रामपुरकार यादबले बताएका छन्। चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी र प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानलाइ चेक हस्तान्तरण गरेको कार्यक्रम संयोजक सु्बेदीले बताएकी छिन् ।यसैगरी गुजरा नगरपालिकामा उप प्रमुख नुरजहा खातुन र प्रमुख प्रशासकिय अधिकृत बिनोद जयसवाल लगायतको उपस्थीतमा चेक हस्तान्तरण गरिएको थियो । त्यस्तै बृन्दावन नगरपालिकामा नगर प्रमुख राम स्नेही यादबलाइ चेक हस्तान्तरण गरिएको हो ।गडीमाइ नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादब र प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादबको उपस्थीतीमा चेक हस्तान्तरण गरेको अध्यक्ष यादबले बताएका छन् । त्यस्तै गरुडा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुस्ताक आलम र लेखापाल सोहन यादबको उपस्थीतीमा ५ लाखको चेक हस्तान्तरण गरिएको थियो ।उक्त रकम कोभिड रोग नियन्त्रणको लागी सम्बन्धीत स्थानिय तहले खर्च गर्न पाउने प्राबधान रहेको कार्यक्रम संयोजक सुबेदीले जानकारी गराएकी थिइन ।उनका अनुसार उक्त सहयोग रकमबाट नगरपालिकाले अक्सिजन सिलिण्डर,लिक्विड अक्सिजन,अक्सिजन कन्स्न्ट्रेटर,भेन्टिलेटर,आइसियु,एक्सरे मेशिन,पिपिइ लगायतका समानहरु खरिद गर्न सक्ने बताइएको छ। विश्वमा महामारीको रुपमा फैलिएको कोभिड रोग नियन्त्रणको लागि सहयोग गरेको उनले बताएकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here