रौतहट, २७ जेष्ठ//
रौतहटका पत्रकार हरुलाइ शुक्रबार चिनिया कोरोना खोप भेरोसिल लगाउने भएको छ ।नेपाल पत्रकार महासंघ रौतहट शाखाको बिशेष अनुरोधमा जिल्लाभरी रहेका क्रियासिल पत्रकार तथा सञ्चारकर्मीहरुलाई जेठ २८ गते शुक्रबार खोप लगाउने भएको हो। महासंघको अनुरोधमा स्वास्थ्य शाखा गौर रौतहटमा भेरोसिल खोपको ब्यबस्था मिलाइएकाले सम्पूर्ण पत्रकार हरुलाई खोप लगाउन खोप केन्द्रमा प्रेस पाससहित सहभागी हुन महासंघले अनुरोध गरेको छ। नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाका अनुसार कोरोना महामारीका बीच अग्रपंक्तिमा रहेर समाचार संकलनमा जानु पर्ने भएकाले कोरोनाबाट हुन सक्ने जोखिमबाट बच्नका लागी पत्रकारहरुलाई खोपको आवश्यकता परेको हो । यसभन्दा अगाडी खोप नलगाएका पत्रकारहरुलाई खोप लगाउने प्रबन्ध आफुले मिलाइएकाले खोप लगाउन सम्पुर्ण पत्रकारलाई अनुरोध गरेको अध्यक्ष झाले जानकारी दिएका छन्। रौतहटमा पत्रकारिता क्षेत्रमा काम गर्दै आएका केही पत्रकारहरुले विविध कारणले खोप लगाउनबाट बञ्चित भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here