रौतहट,२७ जेष्ठ //
रौतहटको सुरक्षाकर्मीले बाढीबाट उद्धार गर्न संयुक्त रुपमा अभ्यास गरेका छन्। जिल्लाको सदरमुकाम गौरस्थित बरहवा तालमा बाढीबाट नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीले विहीवार उद्धारको संयुक्त अभ्यास गरेका हुन्। प्रदेश दुईको सबैभन्दा उच्च जोखिममा रहेको रौतहटमा बागमती, बकैयाजस्ता ठूला नदीसहित अन्य साना तथा मझौला नदीले बाढीको समयमा बस्तीलाई डुबानमा पार्ने गर्दछ। जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा वर्षा र बाढीको सिजन आउन लागेकोले विहीवार उद्धारको संयुक्त अभ्यास गरिएको हो।आउदो मनसुनी बर्षाबाट आउने बाढीबाट हुने जनधनको क्षति नहोस भनेर एकिकृत रुपमा उपलब्ध रहेका रेकस्युको सामग्रीहरुलाई सुचारु अवस्थामा रहेको जाँच गर्ने, जनशक्तिलाई परिचालन गर्न तयारी रुपमा राख्ने, शासकीय साझेदारहरुको एकिकृत प्रयासबाट बरहवा तालमा संयुक्त अभ्यास गरिएको सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन्। जिल्ला विपद व्यवस्थापन समिति पूर्ण तत्पर्ताको साथ प्राकृतिक अवस्थाको कारण बाढी आउँछ त्यस समयमा सुरक्षाको तिनै निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासबाट जनधनको क्षति हुन नदिन लागि परेको हुँदा सरकारी एवं गैर सरकारी निकायको सहयोग भएमा जिल्लालाई पूर्ण सुरक्षित बनाउने यादवले बताए। मौसम विभागले औसतभन्दा बढी पानी पर्ने चेतावनी दिएपछि बाढीबाट उद्धारको पूर्व तयारी गर्न जिल्ला विपद व्यवस्थापन समितिले गरेको तयारीलाई राम्रो मान्न सकिने जिल्लाका बुद्धिजीवीहरुको भनाइ रहेको छ।सुरक्षा निकायको उद्धार अभ्यास हेर्दा बाढीमा उद्धार गर्न सुरक्षा निकाय पूर्ण रुपमा तयारी गरेको देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here