रौतहट,२७ जेष्ठ //
रौतहटको चन्द्रपुर नगरपालिका भित्रका सबै विद्यालयहरु असार १ गतेबाट सञ्चालन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७८ असार १ गतेबाट सञ्चालन गर्न निर्देशन दिइएको हो। शिक्षा शाखा अधिकृत दिपेन्द्र मण्डलका अनुसार सोही निर्देशन बमोजिम चन्द्रपुर नगर भित्रका विद्यालयहरु सञ्चालनको तयारीमा जुटन चन्द्रपुर नगरपालिकाका सम्पुर्ण विद्यालयहरुलाई निर्देशन दिइएको छ ।यस्तै चन्द्रपुर नगर स्तरीय परिक्षा कक्षा ८ को परिक्षाफल परिक्षा सञ्चालन भएको बिषयको सोही बमोजिम तथा सञ्चालन नभएका बिषयको दोस्रो अर्धवार्षिक परिक्षा तथा निरन्तर मुल्याङकन पद्धतिबाट जेष्ठ ३१ गतेसम्ममा प्रकाशन गर्नुका साथै असार ५ गते मार्कलेजर कार्यालयमा पेश गर्नु पर्ने चन्द्रपुर नगर शिक्षा शाखा प्रमुख मण्डलले जानकारी दिएका छन्। रौतहटको चन्द्रपुर नगर क्षेत्रका सम्पुर्ण सामुदायिक विद्यालयहरुले कक्षा १ देखि ७ र कक्षा ९ को परिक्षाफल आन्तरिक मुल्याङ्कनबाट जेष्ठ मसान्तभित्र प्रकाशन गर्नु पर्ने बताइएको छ ।शैक्षिक सत्र २०७७ को परिक्षाफल प्रकाशन गरिसकेपछि असार १ गतेबाट नया विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ। यस्तै अन्य विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई स्थानान्तरण प्रमाण पत्र प्रदान गर्न समेत निर्देशन दिइएको छ ।नगरपालिका तथा प्रधानाध्यापकको निर्देशन बमोजिम कोरोना भाइरसको जोखिमलाई मध्यनजर राख्दै स्वास्थ्य मापदण्ड पालना गरि कक्षा संचालन गर्न निर्देशन दिइएको बताइएको छ। शिक्षकहरु घरमा रहि वा विद्यालयमा सामाजिक दुरि कायम गरि उपस्थित हुने तथा बैकल्पिक सिकाइका माध्यमबाट अनलाइन र भर्चुअल कक्षाहरु सञ्चालन गर्न गराउन निर्देशन दिइएको शिक्षा शाखा प्रमुख मण्डलले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here