मुकेश कुमार साह/
रौतहट २६, जेष्ठ//
रौतहटको गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरी र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद जयसवाल नदि उत्खननकोलागी ठेकदार संग मिलेको आशंका देखिएको छ । गुजरा नगरपालिका अन्तर्गत पर्ने लालबकैया नदिबाट नदीजन्य वस्तु उत्खननकालागि नगर प्रमुख चौधरी र प्रशासकीय अधिकृत जयसवालले ठेक्केदारहरुसँग मोटो रकम लिएर नियम विपरित स्काभेटर प्रयोग गर्न अनुमति दिएको श्रोतले जनाएको छ । नगरपालिकाले यस वर्ष नदिजन्य पदार्थ उत्खननकोलागी ठेक्का नलगाई अमानतमा राजश्व संकलन गरिरहेकोछ । लालबकैया नदिमा आभा कन्स्ट्रक्सन तथा ठेक्केदार प्रमोद यादवले मापदण्ड बिपरित तिब्र रुपमा स्काभेटर प्रयोग गरि नदीजन्य बस्तु उत्खनन र भण्डारण गर्दा समेत नगरपालिका तथा स्थानीय प्रहरी प्रशासन मौन बसेको स्थानीयले बताएकाछन । नगरपालिकाले अमानतमा राजश्व अशुल्न पाउने नियममा रहेपनि स्काभेटरको प्रयोग गरी नदीजन्य बस्तु उत्खनन् गरेर भण्डारण गर्न नपाउने जानकारहरुले बताएकाछन । यता खोलाको ठेक्का नलागे पनि आफूहरुले नगरपालिकाबाट स्काभेटर प्रयोग गरी नदीजन्य बस्तु उत्खनन् तथा भण्डारणकोलागि अनुमति लिएको आभा कन्स्ट्रक्सनका संचालक किशोर ठाकुरको भनाई रहेकोछ । आभा कन्स्ट्रक्सनका संचालक ठाकुरले नगरपालिकाबाट अनुमति लिएको दाबी गरेपनि पुर्व मन्त्री तथा जनता समाजवादी पार्टीका नेता गोविन्द चौधरीको ठाडो आदेशमा नगर प्रमुख चौधरीले खोलामा स्काभेटर प्रयोग गर्न अनुमति दिएको श्रोतले जनाएकोछ । यस विषयमा नगर प्रमुख चौधरीले आफूलाई केही थाहा नभएको र आभा कन्स्ट्रक्सनको बारेमा अनविज्ञ रहेको प्रतिक्रिया दिएकाछन । यसैगरी गुजरा नगरपालिकाका प्रशासकीय अधिकृत जयसवालले खोलामा स्काभेटर प्रयोगकालागि अनुमति नदिएको बताए पनि बिगत २ साता देखि निर्वाद रुपमा ४ ओटा स्काभेटरले मापदण्ड बिपरित नदी जन्य बस्तु उत्खनन गर्दै आएको स्थानीय बासिन्दाले बताएकाछन । बिगत २ साता देखि निरन्तर स्काभेटर चल्ने गरेको भएपनि विकास निर्माणको कामकोलागि नभएर क्रसर उद्योगकालागि गुजरा तथा भसेढवाको विभिन्न स्थानमा भण्डारण गर्ने गरेको स्थानीयले बताएकाछन । ठेक्का मार्फत राजश्व संकलन गर्दाभन्दा कर्मचारीमार्फत राजश्व संकलन गर्दा जनप्रतिनिधि र कर्मचारी दुवैलाई फाईदा हुने भएकाले नीतिगत बदमासी गरिएको अर्थ क्षेत्रका जानकारहरुले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here