निजगढ,२६ जेष्ठ । निजगढका मेयर सुरेश कुमार खनाल र कांग्रेस नेता पेमासिद्धि लामाले निजगढको रतनपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहित विभिन्न उपकरणहरु वितरण गर्नुभएकोछ । नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधिद्वय खनाल र लामाले अक्सीजन कन्सनट्रेटर,स्यानिटाईजर,मास्क,अक्सीमिटर वितरण गर्नुभएकोहो । वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम बहादुर रुम्बा र स्वास्थ्य चौकी प्रमुख जनस्वास्थ्य निरीक्षक दिनेश परियारलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरिएकोहो । नेपाल चिकित्सक संघको सहयोगमा प्राप्त १ थान अक्सीजन कन्सनट्रेटर,५ थान अक्सीमीटर,५ हजार थान सर्जिकल मास्क र १० लिटर स्यानिटाईजर स्वास्थ्य चौकीलाई वितरण गरिएकोहो । कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणकोलागी नगर प्रमुखको हैसियतले नगरपालिका मार्फत विभिन्न योजनाबद्ध कामहरु गर्दै आएको भएपनि व्यक्तिगत तर्फबाट पनि नागरिकको स्वास्थ्य सुरक्षाकोलागी आफुले पहल गरेको मेयर खनालले बताउनुभयो । मेयर खनालले नगरबासीको स्वास्थ्य सुरक्षाकोलागी आफुले नगरपालिका र व्यक्तीगत तर्फबाट समेत थप योजना बनाएर अघि बढ्ने बताउनुभयो । तेसैगरी कांग्रेस नेता पेमासिद्धि लामाले आफुले कोरोना भाईरस संक्रमणको जोखिम बढे लगत्तै नगर क्षेत्रमा कोरोना संक्रमणबाट नागरिकको स्वास्थ्य सुरक्षाकोलागी बिभिन्न पहल गर्दै आईरहेको जनाउनुभयो । कोरोना विरुद्धको खोप खरिदकालागी नगरपालिकालाई आफुले दिएको सुझावलाई सकारात्मक मान्दै मेयर खनालले खोप खरिदकालागी स्वास्थ्य मन्त्रालयमा गर्नुभएको अनुरोध नगरबासीको हितमा रहेको बताउनुभयो । नगरपालिका मातहतका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाईरस संक्रमणबाट जोगिनकोलागी आवश्यक स्वास्थ्य सामाग्रीको अभाव नहोस भन्ने उद्धेश्य अनुरुप नेपाल चिकित्सक संघसंग समन्वय गर्दै रतनपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री र उपकरणहरु वितरण गरिएको लामाले बताउनुभयो । कार्यक्रममा नेपालि कांग्रेस निजगढका उपसभापति नवराज तिमल्सिना,नेपाल सांस्कृतिक संघ बाराका सभापति भाईकाजी श्रेष्ठ,नेपालि कांग्रेस वडा नम्बर ११ का सभापति ऋषी कटुवाल लगायतको सहभागिता रहेको नेपालि कांग्रेस निजगढका सचिव आशिष तामाङले बताउनुभयो । मंगलबार नेपालि कांग्रेसका अर्का महाधिवेशन प्रतिनिधि शम्भु बहादुर बुढाथोकीले पनि रतनपुर स्वास्थ्य चौकीलाई बिभिन्न स्वास्थ्य सुरक्षा सामाग्री र औषधिहरु वितरण गर्नुभएकोथियो । नेता बुढाथोकीले बिरगंजका पशुपती खन्डेवालबाट प्राप्त बिभिन्न स्वास्थ्य सामाग्रीहरु मास्क,स्यानिटाईजर र बिभिन्न औषधिहरु वितरण गर्नुभएकोहो । नेता बुढाथोकीले यसअघि पुरानो निजगढस्थित स्वास्थ्य चौकीलाई पनि स्वास्थ्य सुरक्षा सामाग्री र उपकरणहरु वितरण गर्नुभएकोथियो । तेसैगरी नेपालि कांग्रेसका केन्द्रीय सदस्य उमाकान्त चौधरीले पनि निजगढ नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर,अक्सिमिटर,मास्क,स्यानिटाईजर लगायतको स्वास्थ्य सामाग्री र उपकरणहरु वितरण गर्नुभएकोथियो भने नेपालि कांग्रेसका नेता रमेश दंगालले एक थान अक्सीजन कन्सनट्रेटर वितरण गर्नुभएकोथियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here