जनकपुर २४ जेठ // प्रदेश नम्बर २ का चारजना मन्त्रीलाई सोमवार बर्खास्त गरिएको छ ।
मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश नम्बर २ सरकारका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन् ।

बर्खास हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल रहेका छन् । उनीहरु पार्टी अध्यक्ष महन्थ ठाकुर निकट हुन् ।

मन्त्रीहरुलाई बर्खास्त गरिएको जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले पुष्टि गरेका छन् । यात्राडेलीसँगको संवादमा प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले मुख्यमन्त्री राउतले जितेन्द्र सोनलसहित चारजना मन्त्रीलाई बर्खास्त गरेको जानकारी दिए ।

मन्त्रीहरुलाई बार्खास गर्ने कारण नखुलेपनि कार्यसम्पादन सन्तोषजनक नहुँदा मुख्यमन्त्रीले उनीहरुलाई कारवाही स्वरूप बर्खास्त गरेको बताइएको छ ।

मन्त्रि क्वाटर बाट निस्कदै निवर्तमान मन्त्री जितेन्द्र सोनाल ।

पछिल्लो समय जसपामा देखिएको अन्तरद्वन्दका कारण प्रदेश नम्बर २ को सरकार पनि परिवर्तन हुने चर्चा चलेको थियो । जसपाबाट १० जना प्रधानमन्त्री केपी शर्मा ओलीको कामचलाउ सरकारमा मन्त्री भएपछि जसपा विवाद उत्कर्षमा पुगेको हो ।

मन्त्री पद बाट हटाएपछि सोमवार बिहान निवर्तमान मन्त्री सोनाल मोटरसाइकल चढेर क्वाटरबाट निस्किएका छन । सो फोटो बिहानै देखि सामाजीक संजालमा छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here