मुकेश कुमार साह/
रौतहट २२,जेष्ठ//
नेपाल पत्रकार महासंघ रौतहटले शनिवार आर्थिक बर्ष २०७८/०७९ को वार्षिक कार्यक्रम तथा बजेट निर्माण छलफल कार्यक्रम सम्पन्न गरेको छ। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवम प्रदेश २ को संयोजक शिव पुरीको प्रमुख आतिथ्यमा चन्द्रपुरको एन प्लाजामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न संचारक्षेत्रमा आवद्ध पत्रकारहरुले आ-आफ्ना सुझाव राख्नु भएको थियो । कार्यक्रममा आफ्ना सुझाव राख्दै सुप्रिम संचार का अध्यक्ष फणि महतले रौतहटका बिभिन्न ठाउँमा रहेका अस्पताल संग सहकार्य गरी पत्रकारहरुलाई निशुल्क उपचार व्यवस्था एवं औषधोपचार को लागी पहल गर्न सुझाब दिनु भएको थियो । साथै क्रियासिल पत्रकारको हकहित र सङ्गठन बिस्तार र पत्रकारको प्रोत्साहनको लागी पुरस्कार कार्यक्रम ल्याउनु पर्ने उहाको भनाई रहेको थियो । हरेक स्थानीयपालिका संगको समन्वय तथा स्थानीय सरोकारवाला निकायसंग पत्रकार महासंघले सार्वजनिक कार्यक्रम संचालन गर्नुपर्ने कार्यक्रममा सुझाब व्यक्त गर्नुभयो ।

यस्तै पत्रकार महासंघका निवर्तमान सचिव गौतम श्रेष्ठले पत्रकारहरुको आचारसहिता,सामाजिक संजालको निगरानी , औषधि उपचार,बिमा सम्बन्धि कार्यक्रम तथा रेडियो,पत्रिका,अनलाईनमा आवद्ध पत्रकारलाई छुट्टा-छुटै पत्रकारिता तालिम दिनुपर्ने उहाले  सुझाव राख्नु भएको थियो । पत्रकारहरुको हकहितका लागी पत्रकार महासंघ रौतहटले आफ्नो कार्यक्रमलाई तदरुकताका साथ कार्यन्वय गर्न पत्रकार महासंघका रौतहटका सल्लाहाकार संजय कार्कीले सुझाव दिनु भयो । कार्यक्रममा अधिकांशले मिडिया सेन्टर, अक्षयकोष स्थापना गर्ने ,सदस्यहरुको बीमा, पत्रकारिता पुरस्कार प्रदान लगायत सदस्य एवं सदस्य हुन नपाएका सकृय पत्रकारहरुलाई क्षमता अभिवृद्धि एवं वृत्ति विकासका लागि विभिन्न तालिम सहितका कार्यक्रमहरु ल्याउनु पर्ने भनाई राख्नु भएको थियो । कार्यक्रमका सभाधक्ष्य तथा पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले कार्यक्रममा आएका सुझावहरुलाई मनन गरि प्राथमिकताका साथ महासंघ अगाडी बढ्ने बताउनु भयो ।
पत्रकार महासंघ रौतहटका सचिव धनन्जय ठाकुर (मदन) ले कार्यक्रमको  संचालन गर्नु भएको थियो । बिशिस्ट अतिथि नेपाल पत्रकार महासंघ प्रदेश न २ का प्रदेश सदस्य शैलेन्द्र झा र जिल्ला सदस्य संजय कार्कीको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here