रौतहट १३,जेष्ठ//
मनसुन सक्रिय हुन थालेपछी रौतहटमा बाध मर्मत सुरु गरिएको छ । वाग्मती–लालबकैया नदी नियन्त्रणको कार्यालय परवानीपुरले बाँध मर्मत सुरु गरेको हो । अहिले धमाधम भत्किएको स्थानमा प्राविधिकसहितको टोली खटाएर माटो भर्ने र ढुंगाको जाली लगाउने काम भइरहेको छ । यसअघि अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा समयमा मर्मत हुन सकेको थिएन् । यस पटक बजेट आउने आश्वासन पाएपछि मर्मत थालिएको हो । वाग्मतीको देब्रेतर्फ ४ र दायाँतिर १० स्थान, लालबकैयाको देब्रेतिर ७ र दायाँतर्फ ८ स्थानमा भत्किएको बाँध मर्मत थालिएको नियन्त्रण कार्यालय प्रमुख अकलाख अहमद सिद्धिकीले बताए । वाग्मतीको देब्रेतर्फ ४ र दायाँतिर १० स्थान, लालबकैयाको देब्रेतिर ७ र दायाँतर्फ ८ स्थानमा भत्किएको बाँध मर्मत थालिएको नियन्त्रण कार्यालय प्रमुख अकलाख अहमद सिद्धिकीले बताए । उनका अनुसार अर्थले २ करोड बजेट दिने भनेको छ । अब धमाधम बजेटले भ्याएसम्मको मर्मत गर्ने उनको तयारी छ ।
भत्किएको बाँध मर्मत गर्न झन्डै ४१ करोड ३४ लाख रुपैयाँ लाग्ने सिद्धिकीको अनुमान छ  । गत वर्ष पनि मर्मत गरिएको थियो । तर त्यति बेलाको अहिलेसम्म भुक्तानी नपाएको नियन्त्रण कार्यालयको गुनासो छ । गएको चैतको पहिलो साता विभागीय टोली आएर दुवै नदीको बाँध चर्किएकाले मर्मत गर्न १५ करोड लाग्ने भन्दै अर्थमा बजेट प्रस्ताव गरेको थियो । बजेट निकासा हुने आसमा नदी नियन्त्रण कार्यालयले वाग्मतीमा ३ वटा स्पर र बाँध मर्मत थालेको छ । लालबकैयाको टिकुलिया, तेजापाकड क्षेत्रमा पनि मर्मत थालिएको छ ।
दुवै नदी नियन्त्रण गर्न भारत सरकारले सन् १९८९ मा झन्डै ३३.५ किलोमिटर लामो बाँध निर्माण गरिदिएको थियो । यही बाँध ठाउँठाउँमा भत्किँदा पानी पसेर गाउँमा डुबान हुने गरेको छ । गत जेठमा नदी नियन्त्रण कार्यालयले ५० स्थानमा मर्मत गरेको थियो । पछि फेरि २९ स्थानमा भत्किएको थियो । पानी पसेर जिल्लाको गंगापिप्रा, राजदेवी, ईशनाथ नगरपालिकालगायत धेरैजसो डुबानमा परेको थियो । लालबकैयाले ईशनाथलगायत उत्तरका गाउँहरू र वाग्मतीले गौर, दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिकालगायत स्थानमा सबैभन्दा बढी क्षति पुर्‍याउँदै आएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहितको सुरक्षा अधिकारीको टोलीले ४ महिनाअघि नै भत्किएको बाँधको स्थलगत अनुगमन गरेको थियो । त्यसपछि प्रजिअ यादवले तत्काल मर्मत गर्न नदी नियन्त्रण कार्यालयलाई अनुरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here