मन्जु मानन्धर/
रौतहट, २५ बैशाख//
निषेधाज्ञाको पहिलो दिन आज रौतहटको चोक बजार सुनसान देखिएको छ। चन्द्रनिगाहपुर क्षेत्रमा आज बिहानैबाट सवारी साधन,व्यापारी प्रतिष्ठान ,होटल तथा पसलहरु पुर्ण रुपमा बन्द रहेको पाइएको छ। निषेधाज्ञाको अवज्ञा गर्दै हिड्ने सवारी आवागमनमा कडाइ गरिएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयले ले तोकेको बाहेक सवारी साधनलाइ समेत नियन्त्रणमा लिएको डिएसपी लामिछाने ले बताएका छन् । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि बिहिबार एक सूचना जारि गर्दै प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरिएको हो। जिल्लाका प्रमुख व्यापारीक बजार चन्द्रनिगाहपुर,गौर,गरुडा,कटहरिया लगाएका विभिन्न स्थानका बजार पुर्ण रुपमा बन्द रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here