मन्जु मानन्धर/
रौतहट ,२५ बैशाख//
रौतहटमा कोरोनाका लहरका कारण रौतहटको हाटबजार हरु बन्द हुदा तरकारीहरू बारीमै कुहिन थालेको छ। कोरोना  संक्रमीत दिन प्रतिदिन बढ्दै गएकोले किसानले उत्पादन गरेको तरकारी हाटबजार लगि बेच्न पाएका छैनन । उत्पादित तरकारी समेत किसानले बेच्न नपाऊदा अझ मारमा परेका हुन्। आम्दानीको मुख्य स्रोतनै तरकारी खेति भएको कारण तरकारीले बजार नपाउदा उनीहरुलाई समस्या परेको स्थानीय किसान हरि कुश्वाहाले बताएका छन्। तरकारी बिक्रि बितरणका लागि सहज बाताबरण बनाइदिन स्थानीय किसानले सरकारसंग माग समेत गरेका छन् ।यस्तै दैनिक रुपमा ज्याला मजदुरी गरेर पेट पाल्नुपर्ने मजदुर हरुलाई निषेधाज्ञाले निकै प्रभाव पारेको छ। दैनिकी कार्य बन्द हुदा मजदुर हरु सारै चिन्तित भएका छन्।यसरी लामो समय सम्म निशेधाज्ञा हुदा हुनेखाने भन्दा हुदाखानेहरु निकै प्रभावित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here