मन्जु मानन्धर/
रौतहट , २३ बैशाख//
रौतहटमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा गौर नगरपालिका १ का ५४ वर्षीय पुरुषको बिहान ५ बजे र फतुवा विजयपुर ८ का ७० वर्षीय बृद्धको ८ बजेको समयमा उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।५४ वर्षीय पुरुषमा बैशाख २१ गते कोरोना पोजेटिभ देखिएको थियो भने ७० वर्षीय बृद्धमा २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै आज बिहान ११ बजे रौतहटको गढ़िमाइ नगरपालिका ४ सुन्दरपुर बस्ने ३६ वर्षीय पुरुष को नेशनल मेडिकल कलेजमा र कटहरिया नगरपालिका ७ बस्ने ६० वर्षीय महिलाको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले तथ्यांक सार्वजनिक गरि जनाएको छ।मृत्यु भएका ३६ वर्षीय पुरुष र ६० वर्षीय महिलामा २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यो संगै जिल्लामा र जिल्ला बाहिर गरि रौतहटका ९ जनाले कोरोना संक्रमण बाट ज्यान गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here