मुकेश कुमार साह/
रौतहट २३,बैशाख//
रौतहटमा हाल २५१ जना संक्रमित रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । बिहिवार ५६ जनामा कोरोना पुष्टि भएपछी रौतहटमा संक्रमितको संख्या २५१ पुगेको हो ।
आज परिक्षण गरिएको १०१ जना मध्य ५६ जनामा कोरोना देखिएको जिल्ल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ । आज संक्रमित भएका मध्य सबै भन्दा बढी चन्द्रपुरमा १६ जना रहेको छ। यस्तै गौरमा ८,माधव नारायणमा ६,राजदेवीमा ४,फतुआ महेशपुर र बौधीमाई ३-३ जनामा संक्रमण देखिएको छ भने गढिमाइ ,गरुडा, गुजरा र मौलापुरमा २-२ जनामा संक्रमित भेटिएको छ । परोहा र राजपुरमा १ -१ जना संक्रमित फेला परेको हो । गौर अस्पतालमा भएको परिक्षणमा अन्य जिल्लाको २ जनामा समेत संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here