बारा ३ बैसाख ///प्रदेश २ मा  जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता बाराको सिमरा स्थित एकता पब्लिक इङलिस स्कुलमा शुक्रवार बाट सुरु भएको छ ।
प्रतियोगीतामा २५ किलो तौल समुह देखी ५० किलो समुह सम्मको खेलाडी हरुले १३ वटा समुहमा महिला पुरुष गरी सहभागि हुनेछन ।
प्रतियोगीता को उद्घाटन कार्यक्रमको सभापतीत्व सिमरा तेक्वान्दो डोजान्ङ का प्रमुख बिजय साह ठकुरी थिए । यस्तै प्रमुख अतिथी प्रदेश सांसद सोभा लामा ले प्रतियोगिता को उद्घाटन पानस मा बती बालेर गरेकी छिन ।
बिशिष्ट अतिथीमा नेपाल तेक्वान्दो संघ का महा -सचिव राजकुमार लामा , अतिथिमा नेपाल सितोरियो कराते डोजो प्रमुख सानु पटेल, एकता पब्लिक स्कुलका प्रिन्सिपल मदन तिमल्सीनाको उपस्थीत रहेको थियो ।
निर्णायकहरुमा प्रमोद ठाकुर , भावना लामा, राजु माझी , उदयराज पान्डे, बिक्रम साह , सगम लामा , टिम कोचहरु नाजीर हुसेन अन्सारी , महमद बेश , बद्री सापकोटा , केशव खड्का , साहिल गिरी , बृजमोहन साह , अशोक लामा , रबिन्द्र सिह , अमित कुमार सिह , पार्वती बस्नेत २५ तौल समुहका बिजेता र उपबिजेतालाई प्रमुख अतिथी बाट पदक तथा प्रमाण पत्र बितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here