रौतहट १९,चैत्र
अहिलेकी लोकप्रीय व्यस्त अनी फरक स्वरकी धनी गायिका एलिना चौहान र चर्चित संगीतकार तथा गायक कृष्ण कुमार राईको आवाजमा रहेको “आँखैको क्यामेराले खिचेर” बोलको गीतको म्युजिक भिडियो रिलिज भएकोछ । चर्चित संगिताकार कृष्ण कुमार राईको संगीत गीतकार शकुन हाङ्खोप्सा राईको शब्द र निर्माण रहेको गीतको म्युजिक भिडियो सकुन हाङ्खोप्सा अफिसियल युट्युब च्यानलबाट रिलिज भएको हो ।चर्चित गीतकार राज बान्तावा राईले निर्देशन गरेको म्युजिक भिडियोमा रोयल एकेडेमी ग्रुपको नृत्य , साकार राई को कोरियोग्राफर,साकार राई युजिन राईको अभिनय रहेकोछ । पुर्वका रमणिय स्थलहरु गोकुलम रिसोट र रास ताललाई दिनेश राइ (सुबिन) ले गज्जवले खिचेका छन भने शिरकुमार राईले सम्पादन तथा कलरिङ गरेकाछन ।

नेपाली संगीत जगतमा चर्चित गायक राजेश पायल राई ,सि डि बिजय अधिकारी गायिका श्रेयसी चेम्जोङ ,सुस्मिता राई को स्वरमा वहाँको शब्द स्वरबद्द भइसकेको छ । यता गायक तथा संगीतकार कृष्ण कुमार राईले पनि नेपालको चर्चित गायक राजेश पायल राई ,प्रमोद खरेल सिडी ,बिजय अधिकारी ,प्रविन भेडवाल, कृष्ण भक्त राई गायिका मेलिना राई ,सुनिता थेगिम ‘पुर्णिमा लामा, रचना रिमाल, जुनु राईको स्वरमा आफ्नो संगीत भरी सक्नु भएको छ। यो गीतको निर्देशक बान्तवाले नेपाली चर्चित गीत पत्थर झै रैछ तिम्रो मुटु मेलिना राईको स्वरमा रहेको गित शब्द तथा निर्देशन गर्नु भएकोछ । अहिलेका टिनेजरहरु को सामाजिक सन्जाल प्रतिको मोह र त्यसबाट जोडीएको सम्बन्ध र एक अर्काप्रती भएको आकर्सण ले गीतमा गज्जव ले देखाइएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here