रौतहट २२,फागुन /
रौतहटको मौलापुरमा मधानी महायज्ञ फागुन २६ देखि सुरु हुने भएको छ। नेपाल सरकारको पर्यटकीय गन्तव्यमध्येको एक मौलापुर नगरपालिका ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा दोस्रोपटक हुन लागेको धार्मिक मधानी महायज्ञको लागि व्यवस्थापकीय, भौतिक तयारीका कामहरु अन्तिम चरणमा पुगेको मौलापुर नगरपालिकाकी मेयर रिना साहले बताउनुभयो। महायज्ञको बारेमा जानकारी दिदै मेयर साहले महायज्ञले यस क्षेत्रको विकास र पर्यटन प्रर्बद्धनमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको छ। उक्त महायज्ञमा नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुने आयोजकले जानकारी दिएको छ ।पतौरामा जग्गा उत्खनन गर्दा ११औं शताब्दीअघि शिव मन्दिर फेला परेपछि स्वदेशी तथा विदेशी पुरातात्विक विदहरुलाई स्थलगत अध्ययन पश्चात गत वर्षदेखि सो स्थानमा मधानी महायज्ञको सुरुआत गरिएको थियो। ।कर्णाटककालभन्दा पहिलेको अवषेशहरु भेटिएपछि पुरातत्व विभागको टोलिले सो स्थानमा उत्खनन गरेको थियो ।फागुन २६ देखि चैत्र ३ गतेसम्म संचालन हुने महायज्ञमा शिवलिला प्रदर्शन, नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति, महोत्सवलगायतको कार्यक्रम रहेको छ ।सो मधानी महायज्ञमा नेपाल र भारतका गरेर ५ लाखभन्दा बढी श्रद्धालु भक्तजनहरु दर्शन गर्ने लक्ष्य राखिएको आयोजकले बताएको छ। महायज्ञ आउने भक्तजनहरुका लागि खानेपानी, विद्युत, सरसफाइ, अस्थायी प्राकृतिक शौचालयको कार्य सम्पन्न भइसकेको र सीसीटीभी क्यामरा जडान समेत गरेर सुरक्षाको प्रवन्ध मिलाइएको आयोजकले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here