रौतहट २०,फागुन /
रौतहटस्थित बाल निकेतन विद्यालयद्वारा आयोजित तेस्रो बाल निकेतन कप फुटबल प्रतियोगिता हुने भएको छ। बिहिबार बालनिकेतनले पत्रकार सम्मेलन गरेर तेस्रो बाल निकेतन कप फुटबल प्रतियोगिता फागुन २४ गते देखि सुरु हुने बताएको छ ।प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार नगद,दोश्रो हुने टिमलाई १५ हजार नगद,मेडल,प्रमाणपत्र,ट्रफी प्रदान गरिने छ भने प्रत्येक म्याचका म्यान अफ दि म्याचलाई १ हजार नगद,विभिन्न ८ बिधामा उत्कृष्ट हुनेलाई जनही २५ सय,प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई नगद ५ हजार सहित मेडल,प्रमाणपत्र र ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ । २४ गतेदेखि (६ दिन )२९ गते सम्म हुने प्रतियोगितामा प्रदेश २ का ८ विद्यालयले सहभागिता जनाउने छन । बालनिकेतन माबी,चन्द्रपुर रौतहट ,नेपाल प्रहरी स्कुल,रौतहट,बारा एकेडेमी पिलुव,बारा,न्यु एलाइट स्कुल,कर्मैया सर्लाही,सनसाइन इङलिस बोर्डिङ स्कुल,बर्दिबास महोत्तरी,नमुना नमोदय विद्यालय,सर्लाही,मुनलाइट एकेडेमी,बिरगंज पर्सा र ब्राइट लाइन स्कुल कलैया,बारा गरेर ८ टिमले प्रतियोगितामा सहभागिता जनाउने आयोजकले जनाएको छ ।विद्यालय पढ्ने उमेरदेखीनै खेलकुदको महत्त्व बारेमा जानकारी दिने उद्देश्य बोकेको बालनिकेतनले पठ्नपाठन सङै खेलकुद पनि आवश्यक रहेकाले प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here