सर्लाही १३,माघ /
सर्लाहीमा कुखुरा फर्ममा आगलागी भएको छ। सर्लाहीको कौडेना गाउँपालिकास्थित एक कुखुरा फर्ममा आगलागी हुँदा ३ हजार चल्ला र २ सय कुखुरा जलेर नष्ट भएको प्रहरीले बताएको छ। कोडैना गाउँपालिका वडा नम्बर ३ स्थित केबल साहको मंगलबाबा पोल्ट्री फर्ममा सोमबार विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीमा २ सय खुकुरा, ३ हजार चल्ला, दाना र फर्मको कच्ची घरसमेत जल्दा रु ९ लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिनुभयो।उँहाका अनुसार आगोलाइ स्थानीयबासी र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here