नवराज चौलागाईं, निजगढ,१३ माघ । निजगढका मेयर सुरेश कुमार खनालले श्रमजीवी युवाहरु विदेश पलायन हुने क्रम नरोकिएसम्म मुलुक विकासले सार्थकता नपाउने बताउनुभएकोछ । राष्ट्रिय युवा परिषदको आयोजना र निजगढ नगरपालिकाको सहआयोजनामा निजगढमा आयोजित सहुलियतपूर्ण कर्जा सहजीकरणकालागि उध्यमशिलता तथा वित्तीय साक्षरता तालिमको मंगलबार उद्घाटन गर्नुहुँदै मेयर खनालले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नकोलागी नगरपालिकाले युवाहरुलाई विभिन्न व्यवसायिक र उध्यमशील तालिमका साथै परामर्शका कार्यक्रमहरु संचालन गरिरहेकोले यसबाट युवाहरुको विदेश पलायन रोकिने आशा गरेको बताउनुभयो । मेयर खनालले नगरपालिकाले कृषि,पशुपालन,विभिन्न शिपमुलक तालिम तथा कार्यक्रमहरुलाई वार्षिक रुपमा प्राथमिकताकासाथ संचालन गर्दै आईरहेकोले युवाहरुलाई आत्मनिर्भर बन्ने मार्ग प्रशस्त भएको बताउनुभयो । वैदेशिक रोजगारबाट फर्किएकाहरुको समुह रिटर्नी मईग्रेट नेपालको संयोजनमा संचालित उक्त तालिम माघ १९ गतेसम्म हुनेछ । कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल,राष्ट्रिय युवा परिषदका उपसचिव केवलिराम अधिकारि,निजगढ नगरपालिका शिक्षा शाखाका प्रमुख उत्तम लामिछाने लगायतले सम्बोधन गर्नुभएकोथियो। रिटर्नी मईग्रेट नेपालका सचिव रामकृष्ण घिमिरेको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा तालिम पश्चात कर्जा वितरणमा सहयोगकालागि तयार भएका सिटिजन्स बैंक,एनएमबि बैंक र मेघा बैंक नेपालका प्रतिनिधिहरुले व्यवसाय र उध्योग संचालनकोलागि आवश्यक कर्जा वितरणको बारेमा प्रष्ट्याउनुभएको तालिमको सह आयोजक निजगढ नगरपालिकाका सुचना अधिकारि रविन घिमिरेले जानकारी दिनुभयो । तालिममा निजगढ नगरपालिका भित्रका ३० भन्दा बढी युवाहरुको सहभागिता रहेकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here