रचना काफ्ले /
रौतहट १३,माघ /
रौतहट प्रहरीले भन्सार छली ल्याएको १० वटा भैंसी नियन्त्रणमा लिएको छ। जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले भैंसी नियन्त्रणमा लिएको हो। जिल्लाको ईशनाथ नगरपालिका वडा नं.५ मोतिपुर स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भैंसी र पाडो धपाई नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएक छ। प्रहरी टोलीलाई देखि धपाउने मानिसहरु भैंसी छाडी फरार भएको प्रहरीले बताएको छ। नियन्त्रणमा लिएको दुई लाख पचास हजार बराबरको ८ वटा थारो भैंसी र २ वटा पाडो आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here