धनुषा १३,माघ /
२ नम्बर प्रदेशका आठवटै जिल्लाबाट एकैसाथ कोरोनाविरुद्धको खोप अभियान शुरू गर्ने निर्णय गरेको छ।मुख्यमन्त्री लालबाबूराउत गद्दीको अध्यक्षतामा सोमवार सम्पन्न प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले माघ १४ गते २ नम्बर प्रदेशका आठवटै जिल्लाका सदरमुकामस्थित अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान शुरू गर्ने निर्णय भएको मुख्यमन्त्रीका सञ्चार सचिवालयले जनाएको छ ।प्रदेश नं २ मा खोप अभियान सञ्चालनका लागि ३४ हजार भाइल खोप प्राप्त भएको र माघ १३ गतेसम्म सबै जिल्लास्थित स्टोरमा पु–याइ अभियानको तयारीमा रहने निर्देशक विजय झाले जानकारी दिनुभयो।खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्ज स्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल, जनकपुरधाम र समाजिक विकास मन्त्री नवल किशोर साहले गजेन्द्र नारायण सिंह अस्पताल राजविराज बाट गर्नु हुने स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभएको छ।
पहिलो चरणमा कोरोना महामारीविरुद्ध अग्रमोर्चामा खटिरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना बनाएको प्रदेशका स्वास्थ्य निर्देशक विजय झाले जानकारी दिनुभयो।