रौतहट १३, माघ /
रौतहटको परोहा नगरपालिकाका वडा अध्यक्ष खेदु मुखियाले झरिमाई नरसिंह युवा क्लबलाई कुर्सि सहयोग गर्नुभएको छ।सोमबार एक कार्यक्रम का बीच उँहाले क्लब का अध्यक्ष आर्य शशि कला राउत लाई १४ थान कुर्सि सहयोग गर्नुभएको हो। परोहा नगरपालिका ८ का वडा अध्यक्ष मुखियाले सोहि वडा को नरकटिया मा अवस्थित झरिमाई नरसिंह युवा क्लब लाई कुर्सि सहयोग गरेको उँहाले बताउनुभयो। सो कार्यक्रम मा बोल्दै अध्यक्ष मुखियाले सहयोग स्यानो होस् या ठुलो आफु जत्ति सकिन्छ त्यति गर्नु नै मानव को कर्म रहेको तर्क व्यक्त गर्नुभयो।
साथै उँहाले क्लब को हरेक आर्थिक , सामाजिक तथा अन्य सम्पुर्ण कार्यमा आफुले सम्पुर्ण वडालाइ नै साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो कार्यक्रम मा बोल्दै क्लब का अध्यक्ष राउत ले आफुहरु ले नगरपालिका मा मात्र नभई जिल्ला को बिभिन्न ठाऊ मा हरेक सामाजिक , आर्थिक , शैक्षक, समाज सेवा को कार्यमा लागि परेको बताउनु भयो ।समाज मा रहेका गरिब पिडीत को लागि क्लब ले बिशेष प्राथमिकता मा राखिएको र साथै विभिन्न सहयोग समेत गरिएको बताउनु भयो। राउत ले यो समाज को लागि क्लब भएको ले बिभिन्न ठाउ बाट आएका समान जस्तै कुर्सि टेबल गरिब का कपडाहरु समाज कै लागि सहयोग गर्ने गरेको बताउनुभयो ।