मुकेश कुमार साह/
रौतहट,१३ माघ//
सामाजिक तथा युवा अभियन्ता कांग्रेस नेता नितेश कुमार गुप्ता को जीवनमा आधारित वृत चित्रको बिमोचन कार्यक्रम सम्पन्न भएको छ । चन्द्रपुरको होटल एन प्लाजा मा नेपाली कांग्रेसका केन्द्रिय नेता तथा पुर्व सिचाईमंत्री एन पी साउदको प्रमुख आथियतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख आथिति साउद ले फरक क्षमता भएको ब्यक्तीलाई सरकारले बिशेष ग्राहयता दिनु पर्ने बताए । अपांगता भएकालाई सबैले सम्मान व्यवहार गर्नु पर्ने उहाको भनाई थियो । नेकपा का प्रचण्ड र माधव समुह तथा ओली समुह दुवै सक्कली कम्युनिस्ट नभएको उहाले टिप्पणी गर्नु भयो । कार्यक्रममा उहाले सरकार अलोकप्रिय भएको र सत्तारुढ दल नेकपा पनि विभाजन भएकोले चुनावमा जानु उत्तम रहेको उहाको बुझाइ थियो । कार्यक्रमका बिशिस्ट अथिति नेपाली कांग्रेस रौतहटका सभापती कृष्ण यादवले नेपालि कांग्रेस सत्ताको लोभी नभएको बताउनु भयो । नेपाली कांग्रेस नेपाली जनताको र देशको लागी सधै लागेको उहाको दाबि थियो । देश लुट्न पल्केका नेकपाले भागबन्डा नमिलेको कारण नेकपा फुटेको उहाको आरोप छ । सभापती यादवले संसद विघटनलाई अदालतले सदर गरे निर्वाचनमा जाने बताएको छ । “संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम हो, सो विषयमा अदालतमा मुद्दा परेको छ,अदालतमा विचाराधीन रहेको मुद्दामा अदालतले के निर्णय गर्छ, कांग्रेस कुर्छ, सदर गरे कांग्रेस निर्वाचनमा जाने” उँहाले भन्नु भयो ।
कार्यक्रममा आफ्ना मन्तव्य राखेका अथितीहरुले युवा नेता को जीवनमा आधारित वृत चित्र सबैको लागी प्रेरणा रहेको बताउनु भएको थियो । कार्यक्रममा विभिन्न दलका नेता-कार्यकता,समाजसेवी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here