बारा ८,माघ /
सामाजिक सञ्जालमा ठगी गर्ने गिरोहका एक जनालाइ बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नं.४ बंजरिया टोल बस्ने वर्ष २७ को भोला महतो छन् । उनले सामाजिक संजाल वाट्स एप र ईमोको माध्यमबाट महागढीमाई नगरपालिका वडा नं.३ बस्ने दिपेन्द्र प्रसाद जयसवालसँग १ लाख ७५ हजार रुपैया ठगी गरेको आरोप छ। रू.२५ लाख चिठ्ठा परेको छ उक्त रकम प्राप्त गर्न अग्रिम रू.१ लाख ७५ हजार जम्मा गर्नुपर्छ भनी बिभिन्न प्रलोभन देखाई उक्त रकम ठगी गरी महतो फरार रहदै आएका थिए । उनलाई पक्राउ गरि ठगी मुद्दा शीर्षकमा बारा जिल्ला अदालतबाट हिरासतमा राख्न ७ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here