सर्लाही २९,पुस /
सर्लाही बाट प्रहरीले लागुऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह छन् ।ज.११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका-१३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिनुभयो ।मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको डीएसपी कुँवरले बताउनुभयो।