पर्सा २९,पुस /
वीरगञ्जबाट एक जना पत्रकारको मोटरसाइकल चोरी भएको छ । वीरगञ्जबाट प्रकाशित हुँदै आएको पर्दाफास दैनिकका प्रकाशक एवम् प्रवन्ध निर्देशक राघव साहको मोटरसाईकल मंगलबार दिउँसो चोरी भएको हो । काम विशेषले मंगलबार दिउँसो करिव अढाई बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाईस्थित पर्सा जिल्ला अदालतमा पुगेको बेला साहले चलाउँने सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको उँहाले बताउनुभयो। पर्सा जिल्ला अदालतदेखि पश्चिममा रहेको साउथ जोन बोर्डिङ्ग स्कूलदेखि दक्षिणपट्टि रहेको श्री वैष्णो देवी वचत तथा ऋण सहकारी संस्थाको अगाडि सडकको छेउमा पार्क गरेर राखेको अवस्थामा मोटरसाईकल चोरी भएको हो। प्रेस संगठन नेपालको केन्द्रिय सदस्य समेत रहेका साहले आफ्नो नाममा दर्ता भएको हिरो कम्पनिको ना ४६ प ६१८१ नम्बरको कालो रङ्गको सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको बताउनुभयो । पत्रकार साहले मोटरसाईकल चोरी भए लगतै वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्सालाई जानकारी गराएका थिए । मोटरसाईकल चोरी भएको केहि समयभित्रै प्रहरीलाई जानकारी गराएपनि अहिलेसम्म पत्ता नलागेको साहले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here