रचना काफ्ले /
रौतहट २९,पुस /
रौतहट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ। ईलाका प्रहरी कार्यालय गरुडा रौतहटबाट खटी गएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा बरामद गरी ल्याएको अवैध घरेलु मदिरा मंगलवार नष्ट गरेको हो। ईलाका प्रशासन कार्यालय गरुडा रौतहट, नगरपालिका कार्यालय गरुडा रौतहटको प्रतिनिधी र स्थानियको रोहवरमा २२ थान ग्यालनमा ३३० लिटर अवैध घरेलु मदिरा पोखाई नष्ट गरेको इलाका प्रहरी कार्यालय गरुडाबजार रौतहटले जानकारी दिएको छ।