पर्सा २९,पुस /
पर्सा बाट सशस्त्र प्रहरीले भारी मात्रामा अवैध मालसमान र एक थान मोटरसाईकल नियन्त्रणमा लिएको छ । प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर २४ र २५ बाट उक्त समान नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीकाे मोबाईल टोलीले नियमित गस्तीको क्रममा वीरगञ्ज वसपार्क, गण्डक चौक तथा ड्राइपोर्ट इलाकाबाट अन्दाजी ५ लाख मुल्य बराबरको चप्पल, किराना आइटम, लहसुन १०० किलो, माछा र एक थान मोटरसाइकल बरामद गरेको जनाएकाे छ । प्रहरीलाई देख्नासाथ तस्करहरु समान छाडेर भागेका थिए । बरामद गरिएको समान तथा ना १९ प ८०१३ नम्बरको मोटरसाइकल वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here