रचना काफ्ले /
रौतहट २९,पुस /
रौतहटको कटहरियामा घुम्ती पसल फुटाई चोरी गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरिया नगरपालिकाको वडा नम्बर ६ फत्तेपुर टोल बस्ने १९ बर्षीय प्रकाश सहनी र सोही स्थानमा बस्ने १९ बर्षीयसुरेश सहनी छन्। स्थानीय शशीकिशोर सहनीले काठको घुम्ती पसल सञ्चालन गर्दै आएका थिए। सहनीद्वयले सो घुम्ति फुटाइ किराना पसलमा भएको नगद र पसलको समानहरु चोरी गरी फरार भएका थिए। प्रहरी टोलीले उनीहरुलाई खोज तलास गर्ने क्रममा जलहिया चोक बाट पक्राउ गरेको हो । उनीहरुले चोरी गरेको नगद र पसलको समान सहित पक्राउ गरी रौतहट जिल्ला अदालतबाट दिन ३ को म्याद थप गरी ईलाका प्रहरी कार्यालय गरुडा रौतहटको न्यायीक हिरासतमा राखी अनुसन्धान कार्य भई रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here