रौतहट २८,पुस /
बिगत लामो समय देखी बन्द रहेको सिमा नाका चाडै खुल्ने सहरी विकास मन्त्री प्रभु साहले बताउनुभएको छ । उँहाले मंगलबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित क्षेत्रनं ४ स्तरीय क्षेत्रिय कार्यकर्ता भेला कार्यक्रमलाइ सम्बोधन गर्दै अब काठमाण्डौ गएर प्रधानमन्त्रीसंग कुरा गरेर सिमा खुलाउने आश्वासन दिनुभएको हो । लामो समय देखी भारतीय सिमा बन्दका कारण मारमा परेको कुरालाई मध्यनजर गर्दै तत्काल सिमानाका खोल्नमा आफ्नो पहल रहने उँहाले बताउनुभएको छ ।नेपाल भारत सिमामा आवत जावत नहुदा सबै भन्दा मारमा किसान र सर्बसाधारण परेकाले माघको पहिलो हप्ता सम्म सिमानाका खुल्ने उँहाले बताउनुभएको छ।
यस्तै सोहि कार्यक्रममा बोल्दै उँहाले प्रचण्ड–नेपाल समुहको बिरोधको कार्यक्रम पनि चुनावको तयारी भएको बताउनुभएको छ । संख्या हैन सधैं सत्यको जित हुने भएका कारण यतीबेला ओली सरकार सत्यको पक्षमा रहेको साहको भनाइ छ । प्रचण्ड नेपाल समुह अन्तरघाती र जनता बिरोधी रहेको र ओली पक्षनै सक्कली कम्युनिष्ट रहेको बताउदै उँहाले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन समेत दिनुभएको छ। प्रचण्ड –नेपाल समुहले ओली सरकारलाई घेराबन्दीमा पारेका कारण अहिलेको अवस्था आएको उँहाले आरोप लगाउनुभएको छ ।मन्त्री साहले माधव नेपाल स्वार्थी र प्रचण्ड माओवादीको नाममा ब्यापार गर्ने ब्यापारी भएको टिप्पणी समेत गर्नुभएको छ। लामो समयदेखी माओवादीमा बिना चुनाव अध्यक्ष बन्दै आएका प्रचण्डको कारण बादल,बैद्य,विप्लव सहितका दर्जनौ सक्कली माओवादीले उँहालाई छाडेको र उँहा अझै माओवादीकै नाममा ब्यापार गर्दै परिवार उत्थानमा लागेको आरोप लगाउनुभएको छ । प्रचण्डले माओवादीको नाममा सबै सिद्धान्त बेच्दै आएको आरोप लगाउदै साहले अब आएर उँहा सुर्य चिन्हको पछाडी लाग्नुलेनै उँहा नक्कली कम्युष्टिको कित्तामा गइसकेको स्पष्ट भएको बताउनुभएको छ ।प्रचण्ड नेपाल प्रति लक्षित गर्दै साहले एक रहेको पार्टीलाई लामो समय देखी फुटायर सिध्याउनेहरु अहिले एक ठाउमा भएको भएपनि उनीहरु फेरी कहिले फुट्ने एकिन नभएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here