रौतहट २८,पुस /
सहरी विकासमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका नजिकैको मान्छेले मधेश विरोधी बनाएको आरोप लगाउनु भएको छ ।रौतहटको चन्द्रनिगाहपुर स्थित होटल गौतममा आयोजित चन्द्रपुर स्मार्ट सिटी भावी कार्ययोजना सम्बन्ध मा छलफलमा सम्बोधन गर्दै मन्त्री साहले प्रधानमन्त्री ओलीको मधेशप्रति सदैव सहभाव र सद्भाव रहेता पनि उहाकै वरपर बस्नेहरुले भित्रभित्रै भ्रम फैलाएर प्रधानमन्त्री ओलीलाई मधेश विरोधी हो भन्ने भ्रम छरेको आरोप लगाउनु भएको हो ।उहाँले विरोधीहरुले प्रधानमन्त्री ओलीले सदैव तराइ–मधेशको विकासमा लागिरहँदा पनि उँहालाई मधेश विरोधी भन्ने भ्रम फैलाएपनि अहिले जनताले वास्तविकता बुझीसकेकाले तराई–मधेश ओलीमय बनिसकेको दावी गर्नुभयो ।उहाँले आफू मन्त्री भएपछि यसअघि योजना भएर पनि रोकिराखेको स्मार्ट सिटीको योजनालाई अगाडि बढाएको बताउँदै चन्द्रनिगाहपुरलाई चाँडैनै स्मार्ट सिटी बनाउन आफु लागिपरेकाले चन्द्रपुरवासीको साथ र सहयोग अत्यावश्यक रहेको जिकीर गर्नुभयो ।
यस्तै चन्द्रनिगाहपुरस्थित गौतम होटलमा चन्द्रपुर स्मार्ट सिटिको भावी कार्य योजना सम्बन्धि छलफल तथा अन्र्तक्रिया कार्यक्रममा सोमबार साझ सहभागी हुन आउनु भएका मन्त्रि साहलाई कालो झन्डा देखाइएको छ । नेकपा प्रचण्ड नेपाल समुहका कार्यकर्ताहरुले कालो झन्डा देखाएका हुन्। कालो झन्डा देखाउदा केही समय चन्द्रनिगाहपुर चोकमा झडपको स्थिती सिर्जना भएको थियो । सोही क्रममा स्थानिय अमृत श्रेष्ठ प्रहरीले पक्राउ गरेको छ । कालो झन्डा देखाएपछि श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइएको हो । पक्राउ परेका श्रेष्ठलाई तुरुन्त रिहाको माग गर्दै नेकपा नेता तथा कार्यकर्ताहरुले इलाका प्रहरी कार्यलय अगाडी नाराबाजी गरेका थिए ।दुबै पक्ष बीच झडप भएपछि चन्द्रनिगाहपुरको स्थिति केही बेर तनावग्रस्त बनेको थियो । पक्राउ परेका श्रेष्ठ लाई छाड्ने सहमति भएपछि आन्दोलन शान्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here