बारा २८,पुस /
नेकपा बाराले आयोजना गरेको बृहत जिल्ला भेला कार्यक्रम सम्पन्न भएको छ। सो भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ का कारण नेपाल–भारतसंग जोडिएको सबै नाकाहरु चाडै नै खुलाउने बताएका छन् ।तराई मधेसका जनतालाई आफनो दैनिक ब्यवहार चलाउन देखि लिएर बिहेबारीमा जान समेत अप्ठयारो भएकोले सरकारले कोभिड नियन्त्रणका लागि गठन गरेको सिसिएमको संयोजक रहेको नाताले पनि बैठक गरि चाडै नै नाकाहरु खुलाउने उँहाले प्रतिवद्धता व्यक्त गर्नुभयो। उपप्रधानमन्त्री पोखरेलले भारतीय नाका प्रयोग गरि भारत जान पाउने कुरामा जोड दिनुभयो ।तर त्यसका लागि सबै नागरिकहरु विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पालना गर्नु आवश्यक रहेको उँहाले बताउनुभयो । नेकपालाई कमजोर एवम बिभाजनका लागि उभिएका प्रचण्ड, माधव नेपालको डटेर सामना गर्न पनि उँहाले सुझाव दिनुभएको थियो। पार्टीमा चुनावबाट निर्वाचित भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै दुई तिहाईको बहुमतबाट प्रधानमन्त्री बनाएकाहरुले नै ५ बर्ष नसकिदै प्रधानमन्त्री र अध्यक्षबाट हटाउने षडयन्त्रको बिरोधमा ओलीले संसद बिघटन गरि ताजा जनादेशमा जानका लागि मार्ग प्रशस्त गरेको दावी गर्नुभयो। राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने सम्मको प्रयत्न गर्नु लोकतान्त्रिक मुल्य, मान्यता बिरोधी काम गरेको उँहाले आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा पार्टी नै आधिकारीक पार्टी भएको हुदा आफुहरुले नै सुर्य चिन्ह पाउनेमा सबैलाई ढुक्क हुन आग्रह गर्नुभएको छ। उँहाले बारा जिल्लाका नागरिक मातृभुमिको रक्षाका लागि, सामन्तका बिरोधका लागि, धार्मिक, पुरातात्विक एवम ऐतिहासिक धरोहरहरुको रक्षाका लागि आफनो स्वाभिमानलाई कहिले पनि तल नराखी अगाडी बढेको इतिहास नेकपाले कहिलेपनि नबिर्सने बताउनुभयो। शहरी विकास मन्त्र प्रभु साहले प्रदेश नम्बर २ भ्रष्टचारीहरुको सरकार रहेको आरोप लगाउदै मधेसी जनतालाई उनीहरुले ठगी रहेको आरोप लगाउनुभयो । कसैको दयाले होईन आत्मविश्वासले अगाडी बढे लक्ष्यमा पुग्ने भन्दै प्रदेश २ मा बिकासको गतिलाई नेकपाको सरकारले अगाडी बढाउने दावी गर्नुभयो। कार्यक्रममा कानुन मन्त्री लिला श्रेष्ठले न्यायालयलाई कमजोर पार्ने खेल भईरहेको हुदा त्यसो नगर्न सबैलाई आग्रह गर्दै सम्मान गर्न सुझाव दिएका थिए ।
यता उपप्रधानमन्त्री पोखरेललाई कलैयामा कालो झण्डा देखाएका अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश यादव, नेबिसंघका केन्द्रिय सदस्य नेजामुद्दिन अन्सारी र नेबि संघ बाराका नेता सागर पटेललाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार साँझ रिहा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here