रचना काफ्ले /
रौतहट २४,पुस /
नेकपा प्रचण्ड—नेपाल पक्षले रौतहटमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाएका छन् । प्रचण्ड—माधव पक्षधरको पार्टी केन्द्रको निर्देशन अनुसार प्रधानमन्त्रीको संसद विघटन गर्ने कदमको विरोधमा शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहट गौरमार्फत नेकपा प्रचण्ड—नेपाल पक्षले विरोध पत्र बुझाएका हुन्। नेकपा केन्द्रीय सदस्य युवराज भट्टराई,पूर्व मन्त्री सत्यनारायण भगत, अशोक जयसवाल, कमल यादव लगायतले रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव मार्फत शुक्रबार विरोध पत्र पठाइएको बताइएको छ । भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्रीको अधिकार नभएकाले संविधानको धारा एक पटक पढ्न ओलीलाई आग्रह समेत गर्नुभयो । गत पुस ५ गते संसद विघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेको भन्दै उक्त कदम सच्याएर संसद पुर्नस्थापित गर्न प्रधानमन्त्री ओलीसँग माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here