रचना काफ्ले /
रौतहट २१,पुष /
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित बगैंचा रेष्ट्रो एण्ड बारमा सु–प्रशिद्ध गायक कृष्ण काफ्ले आएर आफ्नो साङ्गीतीक प्रस्तुती दिने भएका छन् । पौष २४ गते शुक्रबार गायक काफ्लेले बगैंचा रेष्ट्रो एण्ड बारमा आफ्नो साङ्गीतीक प्रस्तुती दिई बारमा आउनुहुने सम्पुर्ण महानुभावलाई अत्याधीक रमाईलो गराउने बारका संचालक विवेक बुढाथोकीले जानकारी दिएका छन् । संचालक बुढाथोकीले पौष २४ गते शुक्रबार सो कार्यक्रममा सहभागी हुन रौतहटबासीलाई आमन्त्रण समेत गरेका छन् । गायक काफ्लेले देख न चम्पा सुन न चम्पा,पर्ख पर्ख मायालु तथा तिम्रो पिक्चर हिट जस्ता दर्जनौं सुपरहिट गितहरु गाईसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here