रचना काफ्ले /
रौतहट ९,पुष /
रौतहटबाट प्रहरीले १ लाख ६५ हजार रुपैया चोरि गर्न खोज्ने ४ जनालाइ रंगेहात पक्राउ गरेको छ। जिल्लाको कटहरिया नगरपालिका वडा ५ का स्थानीय बिजय राय यादवको घरमा ढोकाको माथी बाट पसेर बाक्सा बाट १ लाख ६५ हजार रुपैया निकालेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पैसा चोरि गरि बाक्सा बन्दगर्ने क्रममा आएको आवाजले घरका मानिस उठेका थिए। सोहि क्रममा कटहरिया ५ का पनिलाल यादवको छोरा बर्ष २१ का अगम यादवलाइ पक्राउ गर्न सफल भएको र अन्य चोरीमा संलग्नहरु भने ढोकाको माथी बाट फरार भएको स्थानीय बिजय यादवले बताउनुभयो । घरका मानिसले अगमलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय कटहरियामा खबर गरेका थिए । खबर पाउनासाथ ईलाका प्रहरी कार्यालयका प्रमुख सई लतिफ अन्सारीको नेतृत्वमा गएको टोलिले घटना स्थलमै पक्राउ परेका अगम संग सोधपुछ गर्दा चोरिमा अन्य तिनजना सहभागी रहेको खुलेको थियो । उनकै बयान को आधारमा स्थानीय राजाराम साह सोनारको छोरा १८ का सुधीर कुमार साह,नन्दलाल यादवको छोरा गुडु यादव ,शेख आजम मिंयाको छोरा १८ बर्षिय ईर्साद मिंयालाई पक्राउ गरिएको सई अन्सारीले बताउनुभयो। उनीहरुलाइ कटहरिया बजारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरि उनीहरुको साथबाट फलामको धारिलो दबिया थान-१ र फलामको खन्ती थान-१ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका चारैजना लाई सम्मानित जिल्ला अदालत रौतहट गौरबाट ५ दिनको म्याद लिई आवश्यक अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here