रौतहट २९,मङ्सिर /
रौतहटको फतेपुरमा आज नुरजाहां खातुनको रोहवरमा मलखाद वितरण गरिएको छ। मलखाद वितरण कार्यक्रमका बीच सहकारी संस्थाको अध्यक्ष उमाकान्थ सहनीले उपमेयर खातुन लाई गम्छा ओढाई सम्मान समेत गर्नुभएको थियो। जिल्लाको कटहरिया नगरपालिकाकि उपमेयर नुरजहाँ खातुनको रोहवरमा सहुलियत दरको मलखाद बितरण गरिएको हो। श्री प्रभातकालीन कृषि सहकारी संस्था कटहरिया नपा ६ को माध्यम बाट उपमेयर खातुनको रोहवरमा मलखाद बितरण गरिएको बताइएको छ। नेपाल सरकार द्वारा किसान का लागि अनुदानमा मलखाद उपलब्ध गराउने मलको आपूर्ति तथा वितरण व्यवस्थापनका संयोजक नगर उपप्रमुख नुरजाहां खातुनले सिफारिस गरे अनुसार कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय चन्द्रनिगाहापुर ले उपलब्ध गराइएको थियो । उपमेयर खातुनले सरकारले मलखादको निर्धारण गरेको मूल्य भन्दा बढी रकम नलिन सहकारी संस्था लाई निर्देशन दिनुभएको थियो । उक्त अवसरमा समाजसेवी नसरुदिन अन्सारी, वडा सदस्य, किसानहरूको समेत उपस्थिति रहेको उपमेयरका सल्लाहकार रामअधार यादवले जानकारी दिनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here