रौतहट २९ मंसिर //रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला कराते प्रतियोगिता सोमवार बाट शुरु भएको छ ।
चन्द्रपुर नगरपालिकाको आर्थिक
सहयोगमा संचालित राष्ट्रिय महिला कराते प्रतियोगितामा देशका बिभिन्न १८ वटा नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहेको आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन चन्द्रपुर नपाका मेयर रामचन्द्र चौधरीले गरेका छन ।
कोरोनाका कारण लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना हुन लागेको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिए ।
प्रतियोगितामा झापा, कन्चनपुर, रौतहट,बाके,बाग्लुङ,सिन्धुली,मकवानपुर,बारा, पर्सा ,लमजुङ्ग लगाएतका जिल्लाहरु बाट खेलाडी सहभागी छन ।
महिला कराते खेलमा २५,३०,३५,४०,४५,५०,५५,६० र ६५ किलो तौल समुहमा प्रतिस्पर्दा हुने र टिम काता र एकल काताका खेल हुने आयोजकले जनाएको छ ।
प्रत्येक समुहका प्रथम, दोश्रो र तेश्रो हुने लाई जनही ५ हजार, तीनहजार एक हजारको पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको छ ।
प्रतियोगिता चन्द्रपुर नपा ४ चन्द्रनिगाहपुर स्थित तुलसीलाल अमात्य स्मृती खेल मैदानमा भैरहेको छ ।
उद्घाटन कार्यक्रममा रौतहटका सिडिओ इन्द्रदेव यादव, नेपाल प्रहरीका एसपी सिद्धबिक्रम शाह, राखेपका सदस्य पुरेन्द्र बिक्रम लाखे र उपमेयर रामरति चौधरी , जनप्रतिनिधीहर, खेल प्रेमी हरु , सामाजी अभियान्ताहरु खेलाडीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here