सर्लाही २१,मङ्सिर /
सर्लाहीको बरहथवा नगरपालिका–२ हजरियामा आयोजित खुला मेयरकप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी मलंगवा हेल्थ एण्ड फिटनेस क्लबले जितेको छ ।शनिवार सम्पन्न फाइनल खेलमा आयोजक शिवशक्ति जनहित सेवा समाज हजरियालाई १५० रनको विशाल अन्तरले पराजित गर्दै मलंगवा च्याम्पियन बनेको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको मलंगवाले आयोजक सामु २२३ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको थियो । मलंगवाको शानदार बलिङ समक्ष निरिह बनेको हजरियाले निर्धारित ओभरमा ७२ रन मात्रै बनाउन सक्यो ।
जीतसँगै बिजेता मलंगवाले १ लाख १ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपबिजेता हजरियाले ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताका बिजेता तथा उपबिजेतालाई संविधान सभा सदस्य हरि उप्रेती, बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, उपमेयर सीतादेवी माझी, आयोजक क्लबका अध्यक्ष सत्यलाल महतो लगायतले पुरस्कार वितरण गर्नुभयो ।बरहथवा नगरपालिकाको विशेष सहयोगमा कात्तिक २७ गतेदेखि सुरु भएको प्रतियोगितामा ३२ वटा क्लबले सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here