चितवन  १९,मङ्सिर /
१५ वर्ष अघि गैंडा मारेको अभियोगमा चितवन राष्ट्रिय निकुञ्जले एक व्यक्तिलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सूर्य महतो नामले चिनिने सुरज चौधरी छन् । निकुञ्जभित्रको सिसुवाघाट पारी भालुटापु भन्ने स्थानमा २०६२ साल असारको दोश्रो साता गोली लागेर एक सिंगे गैंडा मरेको थियो । उक्त गैंडा मार्न पुगेका अन्य तीन जना पक्राउ गरेर पनि छुटिसकेका छन् तर गैंडालाई गोली हान्ने मूख्य अभियुक्त सुरज चौधरी भने बिहिबार पक्राउ परेका हुन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार उनीविरुद्ध २०६२ सालको असोज १२ गते गैंडा तस्करीको मुद्दा दर्ता भएको थियो ।२०६४ पुष २० गते मुद्दाको फैसला गर्दै उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिमाना तोकिएको थियो ।निकुञ्जले २०६२ सालबाटै फरार अभियुक्तको सूचीमा राखेर उनको खोजी गर्दै आएपनि पक्राउ गर्न सकेको थिएन ।निकुञ्ज प्रशासनले सूर्य महतो नामले चिनेको ती व्यक्ति भने यो अवधिमा सुरज चौधरी नामको राहदानीमार्फत दुई पटक कतार पुरेर फर्किएको भेटिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here