रचना काफ्ले /
रौतहट ९,मङ्सिर /
रौतहटमा कुटपिट बाट अमिरी पासवानको ज्यान गएको छ । वृन्दावन नगरपालिका–७, सखुवा धमौराका पासवानको छिमेकिको कुटाइबाट मृत्यु भएको हो ।अमिरिको हत्या आरोपमा प्रहरीले उनका छिमेकि १९ वर्षीय विकास पासवान र सोही स्थानका ५५ वर्षीय बिन्द पासवानलाई नियन्त्रणमा लिएको छ । सोमबार साँझ विकास सहितको टोलीले मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा अमिरी पासवानलाई कुटपिट गरी धकेलेर गम्भीर घाइते बनाएका थिए ।गम्भीर घाइते अमिरीको गरुडास्थित सिटी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतको शव पोस्टमार्टमका लागि गौर पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here