महोत्तरी ९,मङ्सिर /
महोत्तरीको बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीकी ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्याको आरोप लागेको युवकको घरमा स्थानीयले आगजनी गरेका छन् ।शहिद आलमकी छोरी गुलाब साह खातुनको हत्या आरोपमा आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् ।आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेका कारण दमकल आगलागी भएको स्थानसम्म पुग्न सकेको छैन । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।बालिकाको शव बोरामा हत्या भएको अवस्थामा फेला पारेपछि आक्रोसित स्थानीयले ढुंगामुढा गर्नुको साथै आरोपी साहको किराना पसल भएको घरमा आगो लगाएका हुन् ।
बर्बरता पुर्वक बलात्कारपछि हत्याको आरोपमा आक्रोशित स्थानीयले घरमा आगजनी तथा ढुंगामुढा गरेपछि अवस्था नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको छ ।बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी साधनहरूको लाम लागेको छ ।बर्दिवासमा किराना पसल सन्चालन गर्दै आएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बालिकाको शव सोमबार मध्यराति बस्ती नजिकै बोरामा फेला परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here