धनुषा ९,मङ्सिर /
धनुषामा सामूहिक बलात्कारपछि एक युवतीको हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेर झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए ।घटना मंसिर ३ गतेको भए पनि सोमबार साँझ मात्र बाहिर आएको छ ।पीडितको अहिले एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।घटनामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् भने एकजना अझै फरार छन् ।पीडित युवतीका अनुसार ३ कात्तिकको साँझ साथीका नातेदार राजेश महतोले फोन गरेर घर नजिकैको सडकमा बोलाएका थिए । महतोले बोलाएको ठाउँमा पुग्दा अरु एकजना पनि थिए ।राजेशसहित दुईजनाले मुखमा रुमाल कोचेर बोल्न नदिई बर्दिवास लगेको पीडित युवतीले बताइन।त्यहाँ थप एकजना आएको र तीनैजनाले पालैपालो करणी गरेको उनले बताइन।सामूहिक बलात्कारपछि तीनजनाको समूहले उनलाई मोटरसाइकलमा घर ल्याएका थिए । आफूले ‘तिमीहरुविरुद्व कानुनी उपचारमा जान्छु’ भनेपछि सडकमै रोकेर घाँटी थिचेर मार्ने प्रयास गरेको पीडित युवतीले बताएकी छन् ।‘बर्दिवासमा हाम्रो राज चल्छ’ भन्दै उनीहरुले बाटोमै घाँटी थिचेर मार्ने प्रयास गरेको उनले बताइन् । ‘मेरै सल लिएर त्यसकै पासो बनाएर उनीहरुले मलाई एउटा रुखमा झुण्डयाए’ सलले बाँधेको दाग देखाउँदै उनले भनिन्, ‘झुण्डयाएर भागेको केहीबेरमै गाउँकै एकजनाले देखेपछि उद्धार गर्नुभयो र म बाँचें ।’राति ९ बजेतिर घर पुगेकी उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । उनका अनुसार बलात्कार र हत्या प्रयास गर्ने समूहले सुनको सिक्री, कानमा लगाएको सुनको गहना र मोबाइलसमेत लुटेको युवतीले बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here